बालकुमारी घटनाबारे बयान लिन आयोगले बोलायो मन्त्री ज्वालालाई

नेपालभ्युज

बालकुमारी घटनाबारे बयान लिन आयोगले बोलायो मन्त्री ज्वालालाई

काठमाडौं । बालकुमारीमा भएको आन्दोलनमा प्रहरीबाट २ जना युवा मारिएको घटना जाँचबुझ आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बयानको लागि बोलाएको छ । आयोगमा उपस्थित हुन पत्राचार गरिएको आयोगका सदस्यले बताएका छन् ।

पुस १३ मा बालकुमारीमा प्रहरीको ‘घातक’ बल प्रयोगबाट कोरिया भाषा परीक्षाको तयारीमा रहेका २ जना युवा मारिएका थिए । उनीहरू अछामका वीरेन्द्र शाह र दैलेख घर भएका सुजन रावत थिए ।

विरोध प्रदर्शन भइरहँदा प्रदर्शनस्थलमा अकस्मात् भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला पुगेका थिए । त्यसपछि भीड थप आक्रोशित बनेको प्रहरीको दाबी छ ।

मन्त्री ज्वाला चढ्ने बा.२ झ ५८६१ नम्बरको गाडी प्रदर्शनकारीले जलाएका थिए । त्यसपछि बल प्रयोग भएको प्रहरीको दाबी छ ।

यद्यपि प्रत्यक्षदर्शीहरुले भने गाडी जल्नुअघि नै गोली चलेको र प्रहरीको लाठीबाट २ जनाको ज्यान गएको बताएका छन् ।
जाँचबुझ आयोगले अहिलेसम्म ३१ जनाको बयान लिइसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved