प्रधानमन्त्री कप क्रिकेट

अंकविहीन हुनबाट जोगियो कोशी, अन्तिम खेलमा लुम्बिनीमाथि १६ रनको जित

नेपालभ्युज

अंकविहीन हुनबाट जोगियो कोशी, अन्तिम खेलमा लुम्बिनीमाथि १६ रनको जित

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा कोशी प्रदेश अंकविहीन हुनबाट जोगिएको छ ।

लिग चरणको आफ्नो अन्तिम खेलमा मंगलबार लुम्बिनी प्रदेशलाई पराजित गर्दै कोशीले प्रतियोगितामा सुखद अन्त्य गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कोशीले लुम्बिनीलाई १६ रनले पराजित गर्‍यो ।

लगातार ८ खेलमा पराजित भएको कोशीले आफ्नो नवौं तथा अन्तिम खेलमा सान्त्वना जित प्राप्त गर्‍यो। ८ खेलबाट २ अंक जोडेको लुम्बिनी भने नवौं स्थानमा छ भने समान अंक भएको कोशी २ अंकमा पुछारमा छ ।

१७३ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४६.५ ओभरमा १५६ रनमा अलआउट भयो। लुम्बिनीका लागि दिलसाद अलिले ३२ र विराट भण्डारीले २८ रन जोडे। लुम्बिनीलाई सस्तैमा अलआउट गर्न कोशीका सौजन घिमिरेले ३ विकेट लिए। आभ्याश तिमिसिना, समिर कार्की र कमल खत्रीले २–२ विकेट लिए।

पहिले ब्याटिङ गरेको कोशी ४४.४ ओभरमा १७२ रनमा अलआउट भयो। कोशीका लागि अंकित सुवेदीले ४९ र सौजन घिमिरेले ४३ रन बनाए।
कोशीलाई सस्तैमा प्याक गर्न नर सार्कीले ४, वीर मगरले ३, अभिषेक गौतमले २ तथा कृष्णा कार्कीले १ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved