भिजिट भिसामा मानव तस्करी : अध्यागमनका केही कर्मचारी बिदा लिएर भागे अस्ट्रेलिया र हङकङ

नक्कली कागजपत्र बनाएर भिजिट भिसामा सेटिङ मिलाएको अभियोग लागेका अध्यागमनका कर्मचारीहरू भागेर अस्ट्रेलिया र हङकङ पुगेको तथ्य खुलेको छ ।

नेपालभ्युज

भिजिट भिसामा मानव तस्करी : अध्यागमनका केही कर्मचारी बिदा लिएर भागे अस्ट्रेलिया र हङकङ

काठमाडौं । नक्कली कागजपत्र बनाएर भिजिट भिसामा सेटिङ मिलाएको अभियोग लागेका अध्यागमनका कर्मचारीहरू भागेर अस्ट्रेलिया र हङकङ पुगेको तथ्य खुलेको छ । गिरोहमा संलग्न ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारीसहित ४२ जना पक्राउ परे पनि बाँकी भने फरार हुन सफल भएका हुन् ।

४२ मध्ये केहीमाथि सङ्गठित अपराध र केहीमाथि लिखतसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । केही धरौटीमा छुटिसकेको छन् ।

भिजिट भिसामा सेटिङ मिलाएकालाई प्रहरीले पक्राउ गर्ने सूचना पाएसँगै उनीहरू फरार भएको बताइएको छ । अध्यागमनका अधिकृत तथा कर्मचारीहरू ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डगोल, पीताम्बर रिमाल र सुजन फागो फरार रहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

विगत २ महिनादेखि बिदा लिएका उनीहरू फरार रहेको काठमाडौं प्रहरीले गरेको सङ्गठित अपराधमा अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

दुबईमा बेचिएर फर्किएकी रितुको दर्दनाक कथा, भन्छिन्– त्यो नर्क त शत्रुले पनि देख्न नपरोस् (भिडिओ)

सरकारी वकिलको कार्यालयमा बुझाइएको प्रतिवेदनमा ‘फरार भएका अध्यागमन अधिकृत तथा अन्य कर्मचारीमध्ये २ जना अस्ट्रेलिया र केही हङकङ गएको सूचना आएको’ प्रहरी स्रोतको भनाइ छ। उनीहरूलाई नेपाल ल्याउने प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ ।

मानव तस्करी प्रकरणमा प्रहरीले २२ जनालाई प्रतिवादी बनाएको छ । जसमा ९ जना अध्यागमनका कर्मचारी छन् । त्यसमध्ये अध्यागमन अधिकृत नरवीर खड्का मात्रै पक्राउ परेका छन् ।

अपराध अनुसन्धान कार्यालयले भिजिट भिसामा सेटिङ गरेर विदेश पठाएको अभियोगमा मंसिर २७ गते अध्यागमन अधिकृत नरवीर खड्का तथा नेपाल एयरलाइन्सका कर्मचारीद्वय अरबिन यादव र होम पोखरेललाई पक्राउ गरेको थियो ।

दुबई बसेर नेपालमा मानव तस्करी, यता देखाउन ‘भिजिट भिसा’, उता पुगेपछि ‘वर्किङ भिसा’

अध्यागमनका कर्मचारीले सेटिङ गरेबापत प्रतिव्यक्ति ४० देखि ५५ हजार रुपैयाँसम्म लिने गरेको तथ्य बाहिर आएको थियो । एक पटक विदेश पुगेर फर्किएकाहरूका हकमा भने ४० हजार रुपैयाँ लिने गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।

निगमका कर्मचारी र विमानस्थलमा खटिने प्रहरीले प्रतिव्यक्ति १० हजार रुपैयाँ लिने गरेको अनुसन्धानबाट खुलेको थियो । कागजात मिलाएबापत ट्राभल्सहरूले प्रतिव्यक्ति १५ हजार रुपैयाँ लिने गरेका थिए ।

सम्बन्धित समाचार-

भिजिट भिसामा ‘मानव तस्करी’ : अध्यागमनका अधिकृत र नेवानीका कर्मचारीसहित ३२ पक्राउ

विदेश जानेका मार्मिक कथा : ड्राइभरको लागि भन्दै साउदी लगेर कुकुर मार्ने अपराधमा

इराकमा १२ नेपालीको हत्या र काठमाडौंको विध्वंश (भिडिओ)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved