प्रधानमन्त्री कप क्रिकेट

गण्डकीले दियो पुलिसलाई १७१ रनको लक्ष्य, राशिदले लिए ५ विकेट

नेपालभ्युज

गण्डकीले दियो पुलिसलाई १७१ रनको लक्ष्य, राशिदले लिए ५ विकेट

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा गण्डकी प्रदेशले नेपाल पुलिस क्लबलाई १७१ रनको लक्ष्य दिएको छ।

मूलपानी क्रिकेट मैदानमा जारी खेलमा गण्डकी ३८.३ ओभरमा १७० रनमा अलआउट भएको हो । गण्डकीका लागि अमृत गुरुङले अर्धशतकीय पारी खेले । उनले ३९ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ५० रन बनाए ।

कमल परियार र करण पँगेनीले ३०-३० रन बनाए । गण्डकीलाई सस्तैमा प्याक गर्न राशिद खानले ५ विकेट लिए । उनले ६ ओभरमा २५ रन खर्चेर ५ विकेट लिए ।

ललित राजवंशी र करण केसीले २-२ तथा दिपेन्द्र सिंह ऐरीले १ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved