घुस लिने र दिनेविरुद्ध अख्तियारले हाल्यो मुद्दा

नेपालभ्युज

घुस लिने र दिनेविरुद्ध अख्तियारले हाल्यो मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुर लिने र दिनेविरुद्ध भ्रष्टाचार मुद्दा हालेको छ ।

राहदानी विभागमा करारमा कार्यरत ईञ्जिनयर प्रदीप भट्टराई र एक सेवाग्राहीविरुद्ध घुस लेनदेनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरले जानकारी दिए ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागबाट राष्ट्रिय परिचयपत्र सहजीकरणको खटाइएका भट्टराईले राहदानी बनाएबापत् सुमी धामी भनेर चिनिने सुमित्रा सापकोटाबाट ३४ हजार घुस लिएको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

भट्टराई र सापकोटासँग ३४ हजार रकम बिगो दाबीसमेत गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved