३२ हजार स्वास्थ्यकर्मी थप्न पहल गर्दैछौँ : स्वास्थ्यमन्त्री बस्नेत

नेपालभ्युज

३२ हजार स्वास्थ्यकर्मी थप्न पहल गर्दैछौँ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारीको आवश्यकता रहेको बताएका छन् ।  बुधवार शुक्रराज ट्रपिकल तथा सश्ररुवा रोग अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफ्नो धेरै पहलले प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री डा. प्रकाशशरण महत स्वास्थ्य क्षेत्रमा ३२ हजार कर्मचारी पूर्ति गर्न सकारात्मक रहेको बताए ।

उनले २०५४ सालेदेखि स्वास्थ्य मन्त्रालयले कर्मचारीको दरबन्दी बढाउन नसकेको जिकिर पनि गरे । उनले स्वास्थ्यकर्मीहरुको अभावका कारण आधारभुत र गुणस्तरीय सेवा प्रदान गर्न नसकिएको उल्लखे गरे ।

उनले अहिले गाउँहरु बसाईंसराईको कारण रित्तिसकेको बताउँदै उनले सामान्य रोग लाग्दा पनि विशिष्ट व्यक्तिहरु विदेश जाने कुराको अन्त्य गर्न आवश्यक रहेकामा जोड दिए । नेपालमै उपचार सम्भव हुँदा विदेश गएर उपचार गर्नेहरुको उपचार खर्च सरकारले नव्यहोर्ने पनि उनले उल्लेख गरे ।

स्वास्थ्यमन्त्री बस्नेतले नेपालको मेडिकल शिक्षा दक्षिण एशियाकै उत्कृष्ट रहेको दाबी गर्दै नेपाल अध्ययन गर्न आउनेहरुको संख्या बढ्दै गइरहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved