एजेन्सी । प्रोटिन हाम्रो शरीरका लागि एकदमै फाइदाजनक हुन्छ । प्रोटिनले शरीरको विकास, कोशिकाहरूको मर्मत गर्ने काम गर्छ ।
प्रोटिनको पूर्ति गर्नका लागि धेरैजसो मानिस प्रोटिन पाउडरको सेवन गर्छन् । जो एकदमै महंगो पनि हुन्छ । विशेषज्ञहरूको भनाईअनुसार यसको विकल्पको रूपमा घरमै बनाएको सातुलाई खान सकिन्छ ।
सातुले शरीरमा चाहिने प्रोटिनको मात्रालाई पूरा गर्छ । साथमा गर्मी मौसममा यसको सेवनले शरीरलाई शितल पनि बनाउने गर्छ । सातु धेरै प्रकारले हाम्रा लागि फाइदाजनक छ, जसमध्ये केही फाइदा हामी तपाईंलाई बताउनेछौं ।
सातुको सेवनले पेट सफा राख्ने गर्छ र यसले पाचन सम्बन्धी समस्याहरू जस्तै कब्जियत, पेट फुल्नु, एसिडिटी, पेट दुख्ने आदि समस्याहरू निको हुन्छ ।
सातुमा उच्च मात्रामा प्रोटिन र फाइबर हुने भएकाले यसलाई पानीमा घोलेर पिउँदा तपाईं लामो समय पेट भरिएको महसुस गर्नुहुनेछ । जसले गर्दा तपाईंलाई तौल कम गर्न पनि सहयोग पुग्नेछ ।
सातुमा फाइबर र प्रोटिन हुने भएकाले यसले कोलेस्ट्रोलको लेवल पनि कम गर्न सहयोग गर्छ । सातुको सेवन रक्तचापका बिरामीहरूका लागि पनि फाइदाजनक मानिन्छ ।
सातुमा उच्च प्रोटिन हुने भएकाले शाकाहारी व्यक्तिहरूले प्रोटिनको मात्रा पूरा गर्न पनि खान सकिन्छ । यसले मांसपेशीहरू बलियो बनाउनुका साथै उनको विकासका लागि पनि फाइदा गर्छ ।
सातुलाई तपाईं गर्मी मौसममा चिसो पेय पदार्थ जसरी पनि पिउन सक्नुहुन्छ । यदी यसलाई नास्ताको रूपमा खान चाहनुहुन्छ भने तपाईं दुधमा मिसाएर पनि खान सक्नुहुन्छ ।
Facebook Comment
Comment