सूचना प्रविधिको विकासका लागि संस्थागत र जनशक्तिको पुनः संरचना आवश्यकः संचारमन्त्री रेखा शर्मा

नेपालभ्युज

सूचना प्रविधिको विकासका लागि संस्थागत र जनशक्तिको पुनः संरचना आवश्यकः संचारमन्त्री रेखा शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकका हरेक क्षेत्रमा सूचना र प्रविधिको विकास लागि संस्थागत र जनशक्तिको पुनःसंरचना आवश्यक रहेको बताएकी छन् ।

आगामी १६औँ पञ्चवर्षीय योजनामा समेटिनुपर्ने मन्त्रालय र मातहतका निकायका लक्षित कार्यक्रमबारे आज मन्त्रालयमा भएको छलफलमा उनले यस्तो बताएकी हुन् ।

डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि पनि दक्षजनशक्ति र चुस्त निकाय बनाउन उक्त पुनःसंरचना आवश्यक रहेकामा उनले जोड दिइन् ।मन्त्री शर्माले मन्त्रालयलमातहतका निकायको संस्थागत र सञ्चारमाध्यममा रहेका जनशक्तिको पुनःसंरचना गरी क्षमता अभिवृद्धिमा लाग्न सबैलाई आग्रह गरीन् ।

साथै उनले आजको युगमा सूचना र प्रविधि हरेक क्षेत्रको उदाउँदो र अपरिहार्य विषय भएकाले सूचना प्रविधि प्राधिकरण वा यस्तै अन्य संस्थागत संरचनाको आवश्यकता रहेको औँल्याइन् ।

मन्त्री शर्माले मन्त्रालय एक्लैले मात्र काम गरेर सफलता हासिल नहुने भन्दै मातहतका निकायका नेतृत्वले पनि उत्साहका साथ काम गर्नुपर्ने बताइन् । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved