टाइगर कपमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

नेपालभ्युज

टाइगर कपमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

काठमाडौं। पोखरामा जारी टाइगर कप भलिबलमा महिलातर्फ साविक विजेता एपीएफले फाइनलमा स्थान पक्का गरेको छ ।

बिहीबार बिहान भएको सेमिफाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा पराजित गरेको हो । पहिलो सेटमा आर्मीले एपीएफलाई २५–१९ ले पराजित गर्यो। दोस्रो सेटमा आर्मीले एपीएफलाई २५–२० ले पराजित गर्यो  ।

तेस्रो सेटमा एपीएफले आर्मीलाई २५–१२ ले हरायो । चौथो सेटमा एपीएफले आर्मीलाई २५–१६ ले पराजित गर्यो। यससँगै खेल २–२ सेटको बराबरीमा पुग्यो । पाँचौँ सेटमा भने एपीएफले आर्मीलाई १५–१३ ले हरायो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved