जाडोसँगै हुने कम्मरको दुखाईबाट राहत पाउने तरिका

नेपालभ्युज

जाडोसँगै हुने कम्मरको दुखाईबाट राहत पाउने तरिका

एजेन्सी । जाडो समय सुरु भएसँगै शरीरका विभिन्न अंगमा दुखाई हुन थाल्छ । विशेषगरी कम्मरको दुखाई धेरै मानिसमा देख्न पाइन्छ ।

यस्तो दुखाईबाट आराम पाउन तातो चिजले सेक्नु पनि एउटा उपाय हो । यसले कम्मरको नसालाई आराम मिल्छ र दुखाई पनि कम हुन्छ । आउनुहोस् जानौं कम्मरको दुखाईमा के कस्ता उपाय घरमै अपनाउन सकिन्छ ।

मनतातो तेलले मालिस

कम्मर दुखेमा तपाईं मनतातो तेलले पनि मालिस गर्न सक्नुहुन्छ । दुखाईबाट राहत पाउन लसुनलाई तोरीको तेलमा तताएर मालिस गर्दा उपयुक्त हुन्छ । लसुनमा एन्टीइन्फ्लामेटरी गुण पाइन्छ, जसले सुन्निएको र दुखेकोबाट राहत दिन्छ । मालिस गरेपछि कम्मर वरिपरि रक्तसञ्चार पनि राम्रो हुन्छ साथमा यसले दुखाईबाट पनि छिटो राहत दिन्छ ।

प्रर्याप्त आराम

कम्मरको दुखाई भएको बेला प्रर्याप्त मात्रामा आराम गर्नुपर्दछ । यस्तो समस्यामा तपाईं जति आराम गर्नुहुनेछ त्यति नै छिटो तपाईंको शरीरको दुखाई निको हुनेछ ।

हल्का कसरत

यदि तपाईंको प्रायः कम्मर दुख्ने समस्या छ भने यसका लागि बनेका केही कसरत तथा योग छन् । विशेषज्ञको सल्लाहमा ती कसरत तथा योगासन गर्न सक्नुहुन्छ । ति घरमै सहजै गर्न सकिन्छ । नियमित रुपमा सही कसरत तथा योग भयो भने कम्मरको दुखाई कम हुँदै जान्छ ।

फिजियो थेरापी

यदि दुखाई बढ्दै गयो र नियमित कामकाजमै समस्या हुन थाल्यो भने  नसाको डाक्टरलाई देखाउनु पर्छ । जसले तपाईंलाई फिजियो थेरापीका लागि सुझाव दिनेछन् । यसले तपाईंलाई छिटो राहत प्राप्त हुनेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved