रुसी सेनामा गएका वाईसीएल नेताको युक्रेनसँगको युद्धमा मृत्यु

नेपालभ्युज

रुसी सेनामा गएका वाईसीएल नेताको युक्रेनसँगको युद्धमा मृत्यु

काठमाडौं । रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको पनि मृत्यु भएको छ ।

दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको खबर प्राप्त भएको हो ।

वडाध्यक्ष दुर्गामान गुरुङले भने, ‘‘रोजगारीका लागि रुसी सेनामा पुगेका गुरुङको मृत्यु भएको खबर परिवारलाई प्राप्त भएको छ ।

मृतक साजन गुरुङ दूधपोखरी गाउँपालिकाका वाईसीएल अध्यक्षसमेत बनेका थिए । रोजगारीका लागि भन्दै साढे तीन महिना अघि उनी रुसी सेनामा पुगेका थिए । उनको घरमा बुबा, आमा, श्रीमती र एक छोरा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved