‘पार्टी नेतृत्वको वर्तमान संरचना रहेसम्म मीनेन्द्र रिजाललाई कुनै मौका प्राप्त हुँदैन’

नेपालभ्युज

‘पार्टी नेतृत्वको वर्तमान संरचना रहेसम्म मीनेन्द्र रिजाललाई कुनै मौका प्राप्त हुँदैन’

काठमाडौं । नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले पार्टीको वर्तमान संरचना रहेसम्म आफूले कुनै मौका नपाउने बताएका छन् ।

उनले भनेका छन्— जबसम्म नेपाली कांग्रेसको वर्तमान नेतृत्वको संरचना रहन्छ, तबसम्म मीनेन्द्र रिजालले कुनै मौका पाउँदैन ।

आफूले त्यो कुरा राम्रोसँग बुझ्ने उनले बताए । “मलाई न कुनै सांसद हुने मौका जुर्छ, न केही । त्यो त मैले बुझ्नुपर्छ र बुझ्छु,” उनले भने ।

अहिले आफूले केही गर्न नसक्ने उनले बताए । “महाधिवेशन भएको २ वर्ष भएको छ । अब मसँग २ वर्ष कुर्नुको विकल्प छैन । कार्यकाल ४ वर्षको छ । ४ वर्ष नसकिँदासम्म कुर्ने हो,” नेता रिजालले भने ।

बरु आफूले ४ वर्षपछि समय थप्ने वातावरण नबनाउने र मूल नेतृत्व परिवर्तन गर्नका लागि प्रयास गर्ने उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved