प्रधानमन्त्री कप क्रिकेट : कर्णालीले गण्डकीलाई हरायो, हिमान्शुको अर्धशतक

नेपालभ्युज

प्रधानमन्त्री कप क्रिकेट : कर्णालीले गण्डकीलाई हरायो, हिमान्शुको अर्धशतक

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज कर्णालीले गण्डकी प्रदेशलाई पराजित गरेको छ।

भैरहवाको सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले गण्डकीलाई ७ विकेटले पराजित गरेको हो । १२३ रनको लक्ष्य कर्णालीले ३३.२ ओभरमा ३ विकेट क्षतिमा पुरा गर्यो।

कर्णालीका लागि हिमान्शु शाहीले ५३ र निश्चल रावलले अविजित २९ रन बनाए। गण्डकीका अंकित न्यौपानेले २ तथा विपिन खत्रीले १ विकेट लिए।

पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित ४५ ओभरमा ९ विकेट क्षतिमा १२२ रन बनाएकोथियो । गण्डकीका कमल परियार र अमृत गुरुङले २१–२१ रन बनाए।

कर्णालीका अनुज चनारा, दिपेन्द्र रावत र दिनेश अधिकारीले २–२ विकेट लिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved