पूर्वडीआइजी रमेश खरेल अब टेलिभिजन प्रस्तोता, फिल्ड रिपोर्टिङमै खटिएर ल्याए ‘जनता जनार्दन’

नेपालभ्युज

पूर्वडीआइजी रमेश खरेल अब टेलिभिजन प्रस्तोता, फिल्ड रिपोर्टिङमै खटिएर ल्याए ‘जनता जनार्दन’

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डीआईजी रमेश खरेल टेलिभिजन कार्यक्रम प्रस्तोता बनेका छन् । प्रहरी सङ्गठनमा रहँदा गरेका केही कामका कारण आममानिसहरू चर्चित बनेका खरेल फेरि टेलिभिजन कार्यक्रममार्फत जनतामाझ जोडिएका हुन् ।

अघिल्लो मंसिरमा भएको प्रतिनिधि सभा चुनावमा काठमाडौं १ बाट पराजित रमेश खरेल बारा २ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट उम्मेदवार थिए । दुवै चुनावमा हार बेहोरेका उनी भ्रष्टारविरुद्धको अभियान भन्दै टेलिभिजन कार्यक्रममा लागेका हुन् ।

खरेल प्रस्तोता रहेको ‘जनता जनार्दन’ नामको कार्यक्रम ‘स्पेस फोरके’ टेलिभिजनबाट हरेक सोमबार राति ९ बजेदेखि प्रशारण हुन थालेको छ । ४५ मिनेटदेखि १ घण्टासम्म लामो सो कार्यक्रम युट्युब र फेसबुकमा समेत हेर्न सकिन्छ ।

धमाधम बन्द हुँदै टेलिभिजन, गुम्दै पत्रकारको रोजगारी

अहिलेसम्म चार एपीसोड प्रशारण भएको जनता जनार्दन कार्यक्रममा मुलुकको भ्रष्ट्राचारको अवस्था, जनप्रतिनिधिले राज्यबाट लिने सेवाबाट राज्यलाई पारेको भार विषय उठाइएको छ ।

अपराधको र राजनीतिकरण र भ्रष्टाचारको कारण मेलम्चीमा भएको ढिलाइलाई उठाइएको छ । यस्तै फोहोर व्यवस्थापनमा दीर्घकालीन समाधान नखोज्दा नुवाकोटको सिसडोलबासीले खेप्नुपरेको पीडालाई आउँदो कार्यक्रममा समेटिने छ ।

खरेल नेपालको राष्ट्रिय भलिबल टिमका पूर्व कप्तान समेत हुन् । खरेलले काठमाडौं प्रहरीको नेतृत्व २ पटक सम्हाले मौका पाएका थिए । भ्याएसम्म सबै सर्वसाधारणको कुरा खरेल आफैँ सुन्ने गर्दथे ।
समस्या समाधानका लागि तुरुन्त पहल समेत गर्ने गरेको चर्चा हुन्थ्यो । खरेलको सो कार्यबाट प्रभावित भएर ‘एसपी खरेल’ नामको भोजपुरी फिल्म बनेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved