तस्वीरमा हेर्नुहोस् रामबहादुर बम्जनको घरबाट बरामद भएको पैसा

नेपालभ्युज

तस्वीरमा हेर्नुहोस् रामबहादुर बम्जनको घरबाट बरामद भएको पैसा

काठमाडौं । रामबहादुर बम्जनबाट बरामद गरिएको पैसा प्रहरीले सार्वजनिक गरेको छ ।

हत्या, अपहरण र बलात्कारको आरोप लागेका ‘तपस्वी’ भनिने रामबहादुर बम्जन हिजो बुढानिलकण्ठबाट पक्राउ परेका थिए ।

प्रहरीले उनको निवासबाट ३ करोड ३ लाख ७५ हजार रुपैयाँ बरामद भएको पुष्टि गरेको हो । उनको घर खानतलासी गर्ने क्रममा विदेशी मुद्रा पनि भेटिएको छ । विदेशी पैसा पनि प्रहरीले सार्वजनिक गरेको छ ।

बरामद नगद ५ सय र १ हजार दरका छन् । सिआइबीले करिब ३ सय डलर विदेशी रुपैयाँ पनि बरामद गरेको छ । बरामद विदेशी रुपैयाँ चिन र इन्डोनेसिया लगायत मुलुकका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved