बलात्कार अभियोगमा दोषी ठहर भएका सन्दीप लामिछानेको सजाय आज तोकिने

नेपालभ्युज

बलात्कार अभियोगमा दोषी ठहर भएका सन्दीप लामिछानेको सजाय आज तोकिने

काठमाडौं । बलात्कार गरेको अभियोगमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको सजाय आज तोकिने भएको छ ।

गत पुस १३ गते जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर गरिएका लामिछानेको सजाय तोक्नलाई आज पेसी तोकिएको हो ।

फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको व्यवस्थाका आधारमा सजाय तय गर्न १३ गते नै आजको समय तोकिएको थियो । पीडितको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर उनले बलात्कार गरेको अदालतको ठहर छ ।

कानुनी प्रावधान अनुसार, लामिछानेलाई ७ देखि १० वर्षसम्मको कैद हुन सक्ने देखिएको छ ।

मुलुकी अपराध संहितामा १८ वर्ष वा सो भन्दा बढी उमेरकी महिला पीडित भए ७ देखि १० वर्षसम्म कैद हुन व्यवस्था छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved