सुन तस्करी प्रकरण : पुर्पक्षका लागि ८ जनालाई थुनामा पठाउने आदेश

नेपालभ्युज

सुन तस्करी प्रकरण : पुर्पक्षका लागि ८ जनालाई थुनामा पठाउने आदेश

काठमाडौं ।  जिल्ला अदालत काठमाडौंले सुन तस्करी प्रकरणमा पक्राउ परेका आठजनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश शङ्करबहादुर राईको इजलासले निजहरूलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । उक्त प्रकरणमा संलग्न रहेको भनिएका दुईजना अझै फरार छन् ।

दुबईबाट १४ किलो सुन लिएर आएका गोरखाका चन्द्र घलेलाई पक्राउ गरेपछि तस्करीबारे थप विवरण सार्वजनिक भएको थियो । विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गर्दा उक्त समूहले एक सय ३८ किलो सुन तस्करी गरेको उल्लेख गरेको थियो । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved