इजरायली ड्रोन हमलामा हिजबुल्लाहका वरिष्ठ कमाण्डर मारिए

नेपालभ्युज

इजरायली ड्रोन हमलामा हिजबुल्लाहका वरिष्ठ कमाण्डर मारिए

एजेन्सी ।  दक्षिणी लेबनानमा इजरायली ड्रोन हमलामा हिजबुल्लाहका वरिष्ठ कमाण्डर विसाम ताविलको मृत्यु भएको बताइएको छ। बिन्ट जबेल जिल्लाको खिबर्ट सेल्म क्षेत्रमा एक कारलाई निशाना बनाइएको बीबीसीले रिपोर्ट गरेको छ ।

हिजबुल्लाहले ताविलको मृत्युको कारणको विवरण दिएको छैन, तर यसअघि रोयटर्स समाचार एजेन्सीले तीन सुरक्षा स्रोतलाई उद्धृत गर्दै दक्षिणी लेबनानमा एउटा कारमा इजरायली हवाई आक्रमणमा मारिएको बताएको थियो।

यता गाजामा, हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायलले जवाफी अभियान सुरु गरेदेखि २३ हजार भन्दा धेरै मानिस मारिएको बताएको छ।

उता पोप फ्रान्सिसले “लेबनान सहित हरेक मोर्चामा” युद्धविरामको लागि आह्वान गर्दै यस क्षेत्रको मानवीय अवस्था संयुक्त राष्ट्र संघ र पोपसीका बीचमा चिन्ताको विषय बनेको बताएका छन् ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले दक्षिणी गाजाको खान युनिस सहरमा आफ्नो कारबाही विस्तार गरिरहेको बताएको छ भने उसले “नजिकको लडाईमा धेरै आतंककारीलाई मारेको” भनेको छ।

 

उनी हिजबुल्लाहको एक एकाइ रडवान फोर्सका उपप्रमुख थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved