भरतपुरमा बोराभित्र भेटिएका दुवै शव भारतीय नागरिकको

नेपालभ्युज

भरतपुरमा बोराभित्र भेटिएका दुवै शव भारतीय नागरिकको

चितवन । गएको मंसिर ६ गते चितवनको भरतपुरमा बाँधेको अवस्थामा बोराभित्र भेटिएका दुई वटा शवको पहिचान खुलेको छ । उनीहरु भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।

घटनाको ४६ दिनपछि मृतक र हत्यामा संलग्न दुवै पक्षको पहिचान भएको हो।

चितवनको भरतपुर महानगरपालिका वडा नं। १२ स्थित मिलनचोक बोराभित्र पोको पारिएको अवस्थामा शव भेटिएको थियो । उनीहरुको हात, खुट्टा र घाँटी डोरीले बाँधेर हत्या गरेर कल्भर्ट मुनि फालिएको अवस्थामा शव फेला परेको हो ।
शव एक महिला र पुरुषको रहेको थियो । भरतपुरमा व्यापार गरेर बस्ने उनीहरुको हत्या पनि भारतीयले नै गरेको प्रहरीले जनाएको छ ।

उनीहरु नाताले श्रीमान श्रीमती हुन् । घटनाका पीडक भने भारतमै रहेको खुलेको छ । पीडकले पहिला श्रीमान् र पछि श्रीमतीलाई सलले बाँधेर हत्या गरेको खुलेको छ ।

शवको पहिचान लामो समयसम्म नभएपछि प्रहरीले पहिलोपटक हुलिया र दोस्रोपटक उनीहरुको स्केच नै सार्वजनिक गरेको थियो । घटना पछि सिआइबी, प्रदेश प्रहरी र चितवन प्रहरीको संयुक्त प्रयासमा अनुसन्धान भएको थियो ।

चितवन प्रहरीले पत्रकार सम्मेलन गरी विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved