राष्ट्रिय सभामा राष्ट्रपतिले जनमोर्चाकी दुर्गा पौडेललाई मनोनीत गर्ने सहमति

नेपालभ्युज

राष्ट्रिय सभामा राष्ट्रपतिले जनमोर्चाकी दुर्गा पौडेललाई मनोनीत गर्ने सहमति

काठमाडौं । राष्ट्रिय सभामा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई मनोनीत गर्ने सहमति भएको छ ।

आइतबार बिहान बसेको गठबन्धनको बैठकमा राष्ट्रपतिबाट मनोनीत एक सदस्य राष्ट्रिय जनमोर्चालाई दिने र जनमोर्चाले पौडेललाई सिफारिस गर्ने सहमति भएको हो ।

गठबन्धनमा आबद्ध दलहरुबीच कांग्रेसले १०, माओवादीले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले एक सिट पाउने गरी सहमति भएको भनिएको छ । यद्यपि, एकीकृत समाजवादीले असन्तुष्टि जनाइरहेको छ ।

पौडेल नेकपा मसालका महासचिव मोहनविक्रम सिंहकी पत्नी हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved