स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँसहित एक पक्राउ

नेपालभ्युज

स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँसहित एक पक्राउ

काठमाडाैं। प्रहरीले सप्तरीबाट स्रोत नखुलेको पाँच लाखभन्दा बढी भारतीय रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

शुक्रबार दिउँसो राजगढ गाउँपालिका–२ झौरा चोकबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित भारत विहार राज्यको मधुबनी जिल्लास्थित भरफोरी ग्राम पञ्चायत सुब्बा टोल–३ का २५ वर्षीय संजयकुमार यादव पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बिआर ५० बी १५४२ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा पक्राउ परेका यादवको साथबाट श्रोत नखुलेको ५ लाख २९ हजार ९७० भारतीय रुपैयाँ बरामद गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved