टेलिभिजनकी ‘नागिन’ बन्दैछिन् सुमितकी दुलही

नेपालभ्युज

टेलिभिजनकी ‘नागिन’ बन्दैछिन् सुमितकी दुलही

एजेन्सी । भारतीय टेलिभिजनकी अभिनेत्री सुरभी ज्योतिका प्रसशंकका लागि खुशीको खबर छ । छिट्टै अभिनेत्री दुलही बन्न गइरहेकी छन् ।

भारतीय सञ्चार माध्यमअनुसार सुरभीले यही मार्चमा आफ्नो लामो समयदेखिका पार्टनर सुमित सुरीसँग विवाह गर्दैछिन् ।

सुमित र सुरभीको विवाह ६ वा ७ मार्चमा हुँदैछ । उनीहरुको भव्य विवाह समारोहमा परिवार, आफन्त र नजिकका साथी समावेश हुने बताइएको छ ।

उनीहरुले ‘डेस्टिनेशन वेडिङ’ गर्न सक्ने पनि चर्चा भइरहेको छ । उनीहरुको विवाह समारोहका कार्यक्रम ४ मार्चबाट नै सुरु हुनेछन् ।

सुरभी अहिले अमेरिकामा छन् । सुरभी र सुमितलाई धेरै ठाउँमा सँगै देखिएको हुन्छ । तर उनीहरुले अहिलेसम्म आफ्नो सम्बन्धका बारेमा भने खुलेर कुरा गरेका छैनन् ।

सुरभी टेलिभिजनमा ‘कबुल हे’ र ‘नागिन ३’ जस्ता टेलिश्रृंखलाबाट चर्चामा आएकी हुन् । सुमित भने बलिउडका अभिनेता तथा निर्माता हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved