भारतीय विदेशमन्त्रीलाई बिदाइ गर्न विमानस्थल पुगे परराष्ट्रमन्त्री साउद

भारतीय विदेशमन्त्री एस जयशंकर स्वदेश फर्किएका छन् । नेपालको दुई दिने भ्रमण पूरा गरी उनी शुक्रबार स्वदेश फर्किएका हुन् । उनलाई बिदाइ गर्न परराष्ट्रमन्त्री एनपी साउद त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

नेपालभ्युज

भारतीय विदेशमन्त्रीलाई बिदाइ गर्न विमानस्थल पुगे परराष्ट्रमन्त्री साउद

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर स्वदेश फर्किएका छन् । नेपालको दुई दिने भ्रमण पूरा गरी उनी शुक्रबार स्वदेश फर्किएका हुन् ।

उनलाई बिदाइ गर्न परराष्ट्रमन्त्री एनपी साउद त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

जयशंकर नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन नेपाल आएका थिए । उनले यसक्रममा उच्चस्तरीय भेटवार्ता पनि गरेका थिए ।

त्यस्तै आयोगको बैठकपछि नेपाल र भारतबीच भएका विभिन्न सहमति तथा समझदारी आदानप्रदान भएको थियो ।

स्वदेश फर्किनुअघि उनले पशुपतिनाथ मन्दिरको दर्शन गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved