त्रिविको उपकुलपतिका लागि दरखास्त माग

१० दिनभित्र दरखास्त पेश गर्नु पर्ने

नेपालभ्युज

त्रिविको उपकुलपतिका लागि दरखास्त माग

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त माग गरिएको छ । नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान गरेको हो ।

योग्यता पुगेका नेपाली नागरिकलाई १० दिनभित्र दरखास्त पेस गर्न आज जारी गरिएको सूचनामा उल्लेख छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यालय समयभित्र दरखास्त पेस गर्नुपर्नेछ । दरखास्तसहित शैक्षिक योग्यताको प्रमाणपत्र, बायोडाटा, भिजन पेपर र चार वर्षे कार्ययोजना समेत बुझाउनुपर्नेछ ।

रिक्त उपकुलपति सिफारिसका लागि शिक्षामन्त्रीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो । सोही समितिले उपकुलपतिको कार्यकाल सकिएको दुई महिना पछि दरखास्त माग गरेको हो ।

उपकुलपति डा. धर्मकान्त बास्कोटाको कार्यकाल कात्तिक १६ गते सकिएको छ । निमित्त उपकुलपतिको जिम्मेवारी अहिले त्रिविका रेक्टरले सम्हालिरहेका छन् ।

हेर्नु होस् सूचना


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved