नयाँ वर्षमा लिनुहोस यस्तो संकल्प

नेपालभ्युज

नयाँ वर्षमा लिनुहोस यस्तो संकल्प

एजेन्सी । सन् २०२३ सकिएर नयाँ वर्ष २०२४ सुरु भइसकेको छ । तपाईं पनि नयाँ वर्ष एकदमै खुशीले भरिएको बनाउन चाहनुहुन्छ र जीवनमा सकारात्मकता ल्याउन केही संकल्प गर्नुहोस् ।

नयाँ वर्षका लागि आफ्ना लक्ष्य निर्धारित गर्नुहोस् । भविश्यलाई राम्रो बनाउन के गर्न सकिन्छ, यसबारेमा योजनाहरु बनाउनुहोस् र त्यसलाई पूरा गर्ने कोसिस गर्नुहोस् ।

नयाँ वर्षमा बचत गर्ने संकल्प गर्नुहोस् । भविश्यलाई राम्रो बनाउनका लागि फजुल खर्च गर्नबाट जोगिनुहोस् र पैसा जोगाउने कोसिस गर्नुहोस् । परिवार तथा सम्बन्धलाई बलियो बनाउने संकल्प लिनुहोस् ।

सम्बन्धमा गल्ती कमजोरी भइरहेका छन् भने त्यसलाई पहिचान गरेर अब सुधार्दै लग्ने प्रयास गर्नुहोस् ।

त्यस्तै स्वास्थ्य पनि सबैभन्दा ठूलो कमाई हो यसलाई सही राख्न एकदमै जरुरी हुन्छ । त्यसैले फिट रहने तथा स्वस्थ रहने संकल्प लिनुहोस् । जसले गर्दा जीवनमा सकारात्मक परिवर्तन आउन थाल्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved