अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा आज ठमेल महोत्सव

नेपालभ्युज

अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा आज ठमेल महोत्सव

काठमाडौं । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ लाई स्वागत गर्न काठमाण्डौको पर्यटकीय क्षेत्र ठमेलमा सडक महोत्सव हुँदैछ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा आज बेलुका ठमेलमा सडक महोत्सव हुन लागेको हो ।

महोत्सवले ठमेलको पर्यटनमा टेवा पुग्ने आयोजकको अपेक्षा छ । कर्मचारी सञ्चयकोष अगाडिको मुख्य सडकमा ठमेल सडक महोत्सव आयोजना गर्न लागेको परिषद्ले जनाएको छ ।

‘ठमेलमा जाऔँ, ठमेलमै बसौँ, ठमेलमै घुमौँ, ठमेलमै रमाऔँ’ भन्ने नाराकासाथ यस वर्षको सडक महोत्सव तथा सांस्कृतिक कार्यक्रम गरिन लागेको हो ।

ठमेल सडक महोत्सवलाई सुरक्षित रुपमा सम्पन्न गर्न नेपाल प्रहरीले सुरक्षा व्यवस्थापन र ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनको जिम्मा लिएको छ । महोत्सवको सीसी क्यामेरबाट समेत निगरानी गरिने छ ।

नेपाल आउने विदेशी पर्यटकमध्ये झण्डै ८० प्रतिशत पर्यटक ठमेल आउने गरेको अनुमान छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved