अनन्त तामाङले जिते एनएसएल ‘गोल्डेन बल’ को उपाधि

नेपालभ्युज

अनन्त तामाङले जिते एनएसएल ‘गोल्डेन बल’ को उपाधि

काठमाडौं। नेपाल सुपर लिग एनएसएलमा ललिततपुर एफसीका कप्तान अनन्त तामाङ उत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले गोल्डेन बलको उपाधिसँगै २ लाख रुपैयाँ पनि प्राप्त गरे।

ललितपुरका गोलरक्षक जेफ्री बाल्टुस उत्कृष्ट गोल रक्षक भए । गोल्डन ग्लोभसँगै उनले एक लाख रुपैँया प्राप्त गरे।

सर्वाधिक गोल गरेका ललितपुरका इमोह इजिकेलले गोल्डेन बुट प्राप्त गरे। उनले प्रतियोगितामा ६ गोल गरेका थिए। उनले पनि एक लाख रुपैयाँ प्राप्त गरे।

विजेता धनगढी एफसीले भने ७० लाख रुपैयाँ प्राप्त गर्‍यो भने उपविजेता धनगढीले २० लाख रुपैयाँमा चित्त बुझायो।

शनिबार दशरथ रंगशालामा भएको फाइनलमा धनगढी एफसीलाई ३-२ गोल अन्तरले हराउँदै ललितपुरले उपाधि जितेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved