जसपाले तय गर्‍यो बैठकका कार्यसूची

नेपालभ्युज

जसपाले तय गर्‍यो बैठकका कार्यसूची

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले दुई बैठकका कार्यसूची तय गरेको छ । यही पुस २५ र २६ गते जसपाको राजनीतिक समितिको बैठक र पुस २७ गते केन्द्रीय समितिको बैठक बस्ने कार्सूची तय भएको हो  ।

बैठकमा प्रस्तुत गरिने चार विषयसूची निर्धारण गरिएको जसपाले जनाएको  छ । सदस्यहरूले आ–आफ्नो सक्रियतामा भएका पार्टी कार्यहरूको प्रगति विवरण प्रतिवेदन प्रस्तुत गर्ने पहिलो कार्यसूची रहेको छ ।

यस्तै, बैठकमा राजनीतिक एवं सांगठनिक प्रतिवेदन प्रस्तुत गरिनेछ । सांगठनिक प्रतिवेदनमा पार्टीका केन्द्रीय नेताहरूको कार्यविभाजन प्रस्ताव गरिएको छ । साथै, पार्टीको महाधिवेशन र विविध विषयमा छलफल गरिनेछ ।

बालकुमारीस्थित ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा अनिवार्य उपस्थित हुन सदस्यहरूलाई अनुरोध गरिएक पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved