दिल्ली प्रहरीद्वारा इजरायली दूतावासमा भएको विस्फोटको रिपोर्ट दर्ता

नेपालभ्युज

दिल्ली प्रहरीद्वारा इजरायली दूतावासमा भएको विस्फोटको रिपोर्ट दर्ता

नयाँदिल्ली । दिल्ली प्रहरीले डिसेम्बर २६ मा इजरायली दूतावास नजिक भएको संदिग्ध विस्फोटको विषयमा रिपोर्ट दर्ता गरेको दिल्ली प्रहरीले जनाएको छ ।

बम स्वाड टोलीका शिर्ष अधिकारीका अनुसार विस्फोटको  रिपोर्ट दिल्ली पुलिसलाई बुझाइने छ ।

दिल्ली प्रहरीका अनुसार विस्फोटको कारण अझै पत्ता लाग्न सकेको छैन, उनीहरू फोरेन्सिक रिपोर्ट कुरिरहेका छन् । प्रहरी हरेक तरिकाबाट अनुसन्धानमा लागिरहेको छ ।

मंगलबार दिल्ली प्रहरीलाई चाणक्यपुरी कुटनीतिक क्षेत्रमा इजरायली दूतावास नजिकै विस्फोट सुनिएको फोन प्राप्त भयो । तर अधिकारीहरूले घटनास्थलमा केही प्रमाण नभेटिएको बताएका थिए ।

दूतावास क्षेत्रमा अर्ध सैनिक बल तैनाथ गरेको दुई दिन पछि प्रहरीले इलाका नजिकै विस्फोट भएको सुनेको सुरक्षा अधिकारीले जानकारी दिए ।

अनुसन्धान पछि दुई संदिग्धलाई नियन्त्रणमा लिएको थियो । तर उनीहरूको संलग्नता भने अझै पुष्टि गरेको छैन ।

भारतका लागि इजरायली उपराजदुत ओहद नकास कायनारले दूतावासका सबै कर्मचारी तथा कुटनीतिज्ञ सकुशल रहेको पुष्टि गरेका छन् । एएनआई


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved