एनएसएल : पहिलो हाफमा धनगढी र ललितपुरको बराबरी

नेपालभ्युज

एनएसएल : पहिलो हाफमा धनगढी र ललितपुरको बराबरी

काठमाडौं। नेपाल सुपर लिग एनएसएल फुटबल प्रतियोगिताको फाइनलमा अहिले धनगढी एफसी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा भईरहेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा १-१ गोलकाे बराबरी भएको छ ।

धनगढीका लागि ओलावाले अफिजले गोल गरे। ललितपुरका लागि इमोह इजिकेलले गोल फर्काए।

अफिजले ३८ औँ मिनेटमा धनगढीको लागि गोल गरे। खेलको इन्ज्यूरी समयमा पाएको फ्रि किकमा इजिकेलले ललितपुरको लागि गोल गरे।

धनगढी गत संस्करणको उपविजेता पनि हो। धनगढी र ललितपुरमध्ये जसले जिते पनि एनएसएलले नयाँ च्याम्पियन पाउनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved