५ दलको निष्कर्ष- मेयर साम्पाङको कार्यशैली अराजक, मनोमानी र उद्दण्ड

नेपालभ्युज

५ दलको निष्कर्ष- मेयर साम्पाङको कार्यशैली अराजक, मनोमानी र उद्दण्ड

काठमाडौं । धरान उप महानगरपालिकामा क्रियाशील ५ राजनीतिक दलले धरानका मेयर हर्क साम्पाङको कार्यशैली  अराजक, मनोमानी र उद्दण्ड रहेको बताएका छन् । बिहीबार एमाले, कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादी पार्टी धरानले  संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो  बताएका हुन् ।

धरानमा क्रियाशील ५ राजनीतिक दलहरूले साम्पाङले  आफ्नो कार्यकक्षमा राखिएको राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएपछि साम्पाङ मेयर भएपछि निरन्तर अराजकता तर्फ लागेको निष्कर्ष निकालेका हुन ।

‘राज्य र राज्यका निकायहरू लोकतान्त्रिक मूल्य र मान्यताको आधारमा सञ्चालन हुने र सोही व्यवस्थाबाट नै हालमा तीन तहका सरकारहरू सञ्चालन भई रहेको छ ‘ विज्ञप्तिमा भनिएको छ, ‘२०७९ को स्थानीय निर्वाचन पश्चात् धरान उपमहानगरपालिकामा स्वतन्त्र व्यक्तिले उपमहानगर प्रमुखको रूपमा जिम्मेवारी निर्वाह गरी रहेको छ । जुन लोकतन्त्रको सुन्दर पक्ष हो । तर विडम्बना धरान उपमहानगरपालिकामा स्वतन्त्र व्यक्ति आए देखि निरन्तर व्यवस्था माथि प्रहार भइरहेको छ ।’

उनिहरुले उपमहानगरपालिकाको प्रमुखले आफ्नो कार्य कक्षको भित्तामा राखिएको राष्ट्र प्रमुख राष्ट्रपति र कार्यकारी प्रमुख प्रधानमन्त्रीको तस्बिर हटाएको प्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाएका छन् ।   साम्पाङले आज आफ्नो कार्यकक्षमा रहेको राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएर प्रथम किराती राजा यलम्बरको तस्वीर राखेका थिए ।

यो पनि

https://www.nepalviews.com/2023/12/28/230133/


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved