पोखरालाई २-१ ले हराउँदै ललितपुर एनएसएलको फाइनलमा

ललितपुरको जितमा ९९ औं मिनेटमा कुशल देउवाले निर्णायक गोल गरे । निर्धारित समयमा १-१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

नेपालभ्युज

पोखरालाई २-१ ले हराउँदै ललितपुर एनएसएलको फाइनलमा

काठमाडौं । पोखरा थन्डर्सलाई हराउँदै ललितपुर सिटी नेपाल सुपर लिग एनएसएलको फाइनलमा पुगेको छ ।

दशरथ रंगशालामा बिहीबार राति भएको दोस्रो क्वालिफायरमा पोखरालाई २-१ गोल अन्तरले हराउँदै ललितपुरले उपाधि भिडन्त पक्का गरेको हो ।

ललितपुरको जितमा ९९ औं मिनेटमा कुशल देउवाले निर्णायक गोल गरे । निर्धारित समयमा १-१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

४५ ‍औं मिनेटमा इमोह इजेकेलले गोल गर्दै ललितपुरलाई अग्रता दिलाएका थिए । तर, ७१ औं मिनेटमा पोखराले बराबरी गोल फर्काएपछि खेल रोमाञ्चक बनेको थियो ।

स्टेफेन पापा कोजो एनोरले हेडमार्फत गोल गरेका थिए । त्यसपछि निर्धारित समयमा थप गोल हुन सकेन र खेल अतिरिक्त समयमा पुग्यो ।

३३ औं मिनेटमा निखिल कदम रातो कार्ड खाएर बाहिरिएपछि ललितपुर १० खेलाडीमा सीमित भएको थियो ।

ललितपुरले उपाधिका लागि शनिबार धनगढी एफसीसँग प्रतिस्पर्धा गर्नेछ । धनगढी क्वालिफायरमा पोखरालाई हराउँदै फाइनलमा पुगेको थियो ।

एनएसएल विजेताले ७० लाख र उपविजेताले २० लाख रुपैयाँ पाउने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved