संसदीय समितिले भन्यो–पशुपतिकी कार्यकारी निर्देशक पुनको कागजात तीन दिनभित्रै उपलब्ध गराउनू

नेपालभ्युज

संसदीय समितिले भन्यो–पशुपतिकी कार्यकारी निर्देशक पुनको कागजात तीन दिनभित्रै उपलब्ध गराउनू

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक लक्ष्मी पुनका कागजात तीन दिनभित्र पेस गर्न निर्देशन दिएको छ । उनको नियुक्ति विवादमा परेको उनकोे कागजात तीन दिनभित्रै समितिमा पेश गर्न निर्देशन दिएको हो ।

समितिले आज गरेको छलफलमा कोषलाई यो निर्देशन दिएको हो ।

समितिले कार्यकारी निर्देशकको नियुक्ति सम्बन्धी सबै कागजात माग गरेको छ । समितिले आज गरेको छलफलमा कोषलाई निर्देशन दिएको हो ।

निर्णयको माइन्यूट, शैक्षिक योग्यता र अनुभवको प्रमाणपत्र, वैयक्तिक विवरणलगायत कागजात माग गरिएको छ । आजको छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषलाई यस्तो निर्देशन दिने निर्णय गरेको हो ।

बैठकमा सांसद एकनाथ ढकाल, शिशिर खनाल, धवल शमशेर राणालगायतले पुनको नियुक्तिबारे कुरा राखेका थिए ।

साथै समितिले पशुपति क्षेत्र विकास कोषको गुरुयोजना यथाशक्य चाँडो पारित गरी कार्यान्वयनमा ल्याउन, जग्गाको शीघ्र एकिन गरी कोषको नाममा लालपूर्जा लिने व्यवस्था गर्न तथा कोषले आनन्द होटल प्रालिसँग गरको सम्झौताको विवरण उपलब्ध गराउनसमेत सम्बन्धित मन्त्रालय र कोषलाई निर्देशन दिएको हो ।

कोषको कार्यकारी निर्देशकमा पुन पुस चार गते नियुक्त भएकी थिइन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको अध्यक्षतामा बसेको पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को बैठकले उनलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो । अहिले उनको नियुक्ति प्रक्रियाबारे विवाद भइरहेको छ।

बैठकको निर्णय

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved