संसदीय व्यवस्था अन्त्यका लागि संघर्ष गर्ने वैद्यको घोषणा

नेपालभ्युज

संसदीय व्यवस्था अन्त्यका लागि संघर्ष गर्ने वैद्यको घोषणा

काठमाडौं। क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मोहन वैद्यले अहिलेको राज्य सत्ता र संसदीय व्यवस्थाको अन्त्यका लागि संघर्ष गर्ने घोषणा गरेका छन् । मंगलवार माओ दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले शासन सत्ता फेरिएको भएपनि शोषण, उत्पीडनका रुपहरु पुरानै रहेको बताए ।

‘कम्युनिष्टहरु अहिले काँग्रेसीहरुको संसदीय व्यवस्थाको भाग खोसेर संसदीय व्यवस्था हाम्रो हो भनेर लागेका छन्,’ उनले भने, ‘अहिलेको सत्ता र व्यवस्थाबाट जनताका समस्या समाधान हुन सक्दैन ।’ उनले राष्ट्रियता जनतन्त्र र जनजीविकाका समस्याहरु विकराल बनेर गएको दाबी गरे।

संसदीय व्यवस्थाको चुनावप्रति नागरिकहरु असन्तुष्ट रहेको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved