प्रधानमन्त्री दाहालले आज राष्ट्रको नाममा सम्बोधन गर्दै

नागरिकमा आशा जगाउँला ?

नेपालभ्युज

प्रधानमन्त्री दाहालले आज राष्ट्रको नाममा सम्बोधन गर्दै
फाइल फोटो

काठमाडौं । कार्यकाल एक वर्ष पुरा भएको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री दाहालले निर्धारित समय भन्दा २ घण्टा ढिलो सम्बोधन गर्न लागेका हुन् । यसअघि दिउँसो ३ बजे निर्धारित कार्यक्रम साँझ ५ बजेका लागि सारिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

सम्बोधन, सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयबाट हुने छ । भ्रष्टाचार नियन्त्रण, सुशासन तथा सामाजिक न्यायको प्रत्याभूति र मुलुकको आर्थिक अवस्था सुदृढ बनाउन सरकारले गरेका प्रयासबारे सम्बोधनमा समेटिने बताइएको छ ।

सम्बोधनमा प्रधानमन्त्रीले एक वर्षको अवधिमा सरकारले गरेका राम्रा काम र आगामी कदमबारे जानकारी गराउने आचार्यले बताए ।

२०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका दाहालले सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखी कार्यसम्पादन गरिरहेको दाबी गर्दै आएका छन् । यद्यपी यसको असर भने सर्वसाधारणले अनुभूत गर्न पाएका छैनन् ।

सरकारले तथ्यांकमा आर्थिक परिसूचक सकारात्मक देखाए पनि आम नागरिकको जीवन भने असहज बन्दै गएको देखिन्छ । नागरिकमा देखिएको निराशा पछिल्लो समय समग्र व्यवस्थाप्रति नै सोझिन थालेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved