एनएसएल : पोखरालाई हराउँदै धनगढी फाइनलमा

नेपालभ्युज

एनएसएल : पोखरालाई हराउँदै धनगढी फाइनलमा

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्सलाई हराउँदै धनगढी एफसी  फाइनलमा पुगेको छ ।  सोमबार दशरथ रंगशालामा भएको खेलमा पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै धनगढी एफसी फाइनलमा पुगेको हो ।

तीन पटक लिएको अग्रता जोगाउन नसक्दा पोखरा क्वालिफायरको पहिलो खेलबाटै फाइनल पुग्नबाट वञ्चित हुनुपरेको हो ।  ललितपुर र काठमाडौंबीच मंगलबार हुने इलिमिनेटरको बिजेतासँग पोखराले दोस्रो क्वालिफायर खेल्नेछ ।

निर्धारित ९० मिनेटको समयमा १-१ गोलको बराबरी र थपिएको ३० मिनेटको समयमा पनि थप १-१ गोल भएपछि जितको निर्णय  पेनाल्टी सुटआउटमा गरियो ।

यसअघि खेलको पाँचौ मिनेटमै आयुश घलानले गोल गर्दै पोखरालाई अग्रता दिलाएपनि ।खेलको अन्तिम समयमा धनगढीका अहमद हिजाजीले गोल गर्दै खेल बराबरीमा ल्याएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved