जसपामा खस संघ केन्द्रीय समिति गठन हुँदै

नेपालभ्युज

जसपामा खस संघ केन्द्रीय समिति गठन हुँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले खसहरुको संगठन गठन गर्ने भएको छ । काठमाडौँमा पार्टीसम्बद्ध केन्द्रीय नेताहरुको भेलाले सातै प्रदेशबाट प्रतिनिधि समेटेर समाजवादी खस संघ, नेपाल केन्द्रीय समिति गठन गर्ने निर्णय गरेको  हो ।

भेलाले प्रेमनारायण थापा, दुर्गा सुवेदी र रामबहादुर जाग्री रहेको तयारी समिति गठन गरेको छ । उक्त भेलामा पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेत, महिला विभाग प्रमुख लिला सिटौला, केन्द्रीय सदस्यहरु प्रचण्ड पौडेल, अर्जुन लम्साललगायत उपस्थित थिए ।

समिति गठनको लागि पुस २१ गते ललितपुरमा भेला बोलाइएको जसपाले जनाएको  छ । कार्यक्रमको प्रमुख अतिथिको रुपमा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई आमन्त्रण गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved