कावासोती पुग्यो रविको ‘दबाब यात्रा’

नेपालभ्युज

कावासोती पुग्यो रविको ‘दबाब यात्रा’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नेतृत्वमा सुरू भएको ‘दबाब यात्रा’ कावासोती पुगेको छ ।

नारायणगढ-बुटवल सडक निर्माणमा ढिलाइ भएको र चाँडो निर्माणका लागि दबाब दिने उद्देश्यले सुरू भएको ‘दबाब यात्रा’ सोमबार साँझ कावासोती पुगेको हो ।

सभापति लामिछानेको नेतृत्वमा जारी यात्रामा रास्वपा केन्द्रीय समिति सदस्य तथा सांसदहरू हरि ढकाल, मनिष झालगायत सहभागी भएका छन् ।

यसअघि नै निर्माण भइसक्नुपर्ने ११३ किमि नारायणगढ-बुटवल सडकखण्ड निर्माणमा ढिलाइ भएको र त्यसको सास्ती नागरिकले बेहोर्नुपरिरहेको भन्दै सभापति लामिछानेले दबाब यात्रा गरेको बताएका छन् ।

यात्रा ३ दिनमा सक्ने रास्वपाले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved