स्थानीय तह आफैँले पाठ्यक्रम बनाउनुपर्छः सांसद भट्टराई

नेपालभ्युज

स्थानीय तह आफैँले पाठ्यक्रम बनाउनुपर्छः सांसद भट्टराई

काठमाडौं । नेकपा (एमाले) की सांसद विद्या भट्टराईले स्थानीय तह आफैँले पाठ्यक्रम बनाउन सक्ने व्यवस्था गर्नुपर्ने बताएकी छन् ।

आईतवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद भट्टराईले विद्यालय शिक्षा विधेयकमा स्थानीय तह आफैँले आफ्नो पाठ्यक्रम बनाउने व्यवस्था गर्नुपर्ने बताएकी हुन् । उनले पाठ्यक्रमको सन्दर्भमा संघले स्थानीय तहलाई निर्देशन दिने हक नराख्ने बताईन् ।

उनले संविधानको कार्यान्वयन गर्ने भए संविधानको मर्मसँग बाझिनेगरी ऐन बनाउनु नहुने बताईन् । उनले संविधानको आधारभुत र मौलिक मर्महरुलाई बिर्सिएर ऐन बनाएर उद्देश्य पूरा गर्न नसकिने भन्दै यसतर्फ सबै गम्भिर हुनुपर्ने बताईन् ।

‘यहाँ अनुसुची ८ को बुँदा ७ मा आधारभुत र माध्यामिक तहसम्मको शिक्षा पूर्ण रुपमा स्थानीय तहको अधिकारभित्र राखेको छ  भनेपछि यो विद्यालय शिक्षा विधेयक बनाउने हक जब स्थानीय तहले राख्दैन भने यो अनुसूचि ८ लाई कार्यान्वयन गर्छौं भन्ने अधिकार हामी राख्छौँ कि राख्दैनौँ’ उनले भनिन्, ‘संविधानको आधारभुत र मौलिक मर्महरुलाई बिर्सिएर ऐन बनायौँ भने उद्देश्य पूरा गर्न सकौँला ? यसतर्फ गम्भिर हुनुपर्छ ।’

उनले शिक्षक महासंघसँग सरकारले गरेको सम्झौताको बारेमा समितिलाई जानकारी गराइनुपर्ने माग पनि गरिन्  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved