सुन तस्करी प्रकरण : एयरपोर्टबाट ९ दिनको सीसीटिभी फुटेज गायब !

नेपालभ्युज

सुन तस्करी प्रकरण : एयरपोर्टबाट ९ दिनको सीसीटिभी फुटेज गायब !

काठमाडौं । १४ किलो सुन तस्करी प्रकरण छानबिन गर्न गठिन समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट ९ दिनको सीसीटीभी फुटेज गायब भएको जनाएको छ ।

मंसिर २१ गते दुबईबाट नेपाल तस्करी भएर आएको १४ किलो सुनको अध्ययन गर्ने क्रममा भन्सार कार्यालयमा २१ दिनको मात्रै सीसीटीभी फुटेज भेटिएको छानबिन समितिले जनाएको हो ।

भन्सार प्रमुख मणिराम पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयलाई प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा मीनबहादुर घले नेतृत्वको समूहले पटक–पटक गरी १३८ केजी सुन ल्याएको र त्यसमध्ये १४ केजी मात्रै बरामद् भएको निष्कर्ष निकालिएको छ ।

समितिका अनुसार मीनबहादुर घलेले दुबईमा बस्ने गरेका भारतीय नागरिकसँग मिलेर सुन तस्करी गर्ने गरेका थिए।

प्रहरीले मंसिर २१ गते १४ केजी सुनसहित गोरखाका चन्द्र घलेलाई विमानस्थलबाट नियन्त्रणमा लिएको थियो ।

प्रतिवेदनअनुसार मीनले एयरपोर्टमा सेटिङ मिलाउन दानबहादुर गुरुङलाई प्रयोग गर्ने गरेका थिए । एयरपोर्टबाट सुन बाहिर निकाल्न नागरिक उड्डयन प्राधिकरणका कर्मचारी राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, अवकाशप्राप्त भइ करारमा कार्यरत रमेश देउला, पलम्बर शेरबहादुर बस्नेत र कार्यालय सहयोगी अनिल श्रेष्ठको भूमिका थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved