न्याय परिषद्ले गर्यो मुख्य रजिष्ट्रार कुवँर र रजिष्ट्रार पौडेललाई उच्च अदालतको न्यायाधीशमा सिफारिस

नेपालभ्युज

न्याय परिषद्ले गर्यो मुख्य रजिष्ट्रार कुवँर र रजिष्ट्रार पौडेललाई उच्च अदालतको न्यायाधीशमा सिफारिस

काठमाडौं । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार र रजिष्टार उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् ।

न्याय परिषदले मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेललाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।

आइतबार बसेको न्याय परिषदको बैठकले उच्च अदालतमा न्यायाधीश नियुक्तिको निर्णय गरेको हो। कुँवर उच्च अदालत पाटन र पौडेल उच्च अदालत पोखरामा न्यायाधीश नियुक्तिका लागि सिफारिस भएका हुन् ।

सिफारिसअनुसार प्रधानन्यायाधीशले नियुक्ति दिने प्रावधान रहेको छ । उच्च अदालतमा हाल ३९ न्यायाधीशको पद खाली छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved