‘क्रिसमस’ मनाउन तीन दिन सार्वजनिक बिदा

नेपालभ्युज

‘क्रिसमस’ मनाउन तीन दिन सार्वजनिक बिदा
फाइल फोटो

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिकाले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमसको’ उपलक्ष्यमा तीन दिन सार्वजनिक विदा दिएको छ । क्रिसमसको अवसरमा  तीन दिन विदा दिइएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।

‘इसाई धर्मावलम्वीहरुको उल्लेख्य बसोबास रहेको यस गाउँपालिकामा मिति २०८० पुस ८, ९ र १० गते तदअनुसार सन् २०२३ डिसेम्ब र २४, २५ र २६ तारिख (३ दिन) सार्वजनिक विदा दिने निर्णय भएकाले उक्त अवधिमा गाउँपालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम बैङ्क तथा वित्तीय संस्थाहरु बन्द रहने व्यहोरा अवगत गराईन्छ’, मल्लले जारी गरेको सूचनामा भनिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved