सर्वोच्चका नवनियुक्त ६ जना न्यायाधीशले लिए शपथ

नेपालभ्युज

सर्वोच्चका नवनियुक्त ६ जना न्यायाधीशले लिए शपथ

काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त ६ जना न्यायाधीशले  शपथ लिएका छन् ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठबाट नवनियुक्त न्यायाधीशहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

शपथ लिने न्यायाधीशमा सारंगा सुवेदी, अब्दुलअजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल रहेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा उनीहरूले शपथ लिएका हुन् ।

उनीहरुलाई राष्ट्रपति पौडेलले बुधबार नियुक्त गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved