ठगी आरोपमा शाहरूख खानकी पत्नी गौरी खानलाई सोधपुछ गर्न बोलाईयो

नेपालभ्युज

ठगी आरोपमा शाहरूख खानकी पत्नी गौरी खानलाई सोधपुछ गर्न बोलाईयो

काठमाडौं । बलिउड अभिनेता शाहरूख खानकी श्रीमती गौरी खानलाई ठगी आरोपमा इडिले नोटिस पठाएको छ । पछिल्लो समय शाहरूखको फिल्म प्रचार वा कार्यक्रममा देखिँदै आएकी गौरी सामाजिक संजालमा सक्रिय देखिएकी उनलाई झमेला आइलागेको छ ।

गौरी लखनऊको रियल स्टेट कम्पनी तुलसियानी ग्रुपकी ब्रान्ड एन्बेसडर हुन् ।

यो कम्पनीलाई ३० करोड भारू ठगी गरेको आरोप छ । प्रहरीमा उजुरी परेपछि कम्पनीको बारेमा सोधपुछ गर्न इडिले उनलाई बोलाएको हो ।

उनले कम्पनीको एन्बेसडर हुँदा गरेको सम्झौता पत्र साथै उनले कम्पनीबाट कति रूपैयाँ भुक्तानी गरेको छ भनेर इडिले सोधपुछ गर्नेछ ।

उजुरीकर्ताले कम्पनीविरुद्व मात्र उजुरी दिएका थिएनन् । गौरीसहित सीएमडी र निर्देशकविरुद्ध पनि ठगीको मुद्दा दर्ता गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved