एनएसएल : इलामसँग ललितपुर पराजित

नेपालभ्युज

एनएसएल : इलामसँग ललितपुर पराजित

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फुटबलमा स्पोर्टिङ इलाम एफ.सी.ले ललितपुर सिटी एफ.सी.लाई पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा इलामले ललितपुरलाई १–० गोलअन्तरले पराजित गरेको हो।

इलामको लागि फोडे कमाराले ५८ औँ मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो । यो ललितपुरको पहिलो हार हो ।

१० अंकसहित ललितपुर अंकतालिकाको तेस्रो स्थानमा छ। ८ खेलबाट ८ अंक नै जोडेको इलाम पाँचौँ स्थानमा छ। यो इलामको दोस्रो जित हो।

आजै हुने अर्को खेलमा बुटवल लुम्बिनी एफ.सी. र पोखरा थन्डर्स साँझ ५ बजे आमनेसामने हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved