नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियन संघर्ष समितिको आन्दोलन स्थगित

नेपालभ्युज

नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियन संघर्ष समितिको आन्दोलन स्थगित

काठमाडौं । नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियन संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगन गरेको छ । सोमबार १३ औँ दिनको दिनबाट उनीहरूले आन्दोलनका कार्यक्रमहरू हालका लागि स्थगित गरेका हुन् ।

उनीहरूले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसँग छलफल गरेसँगै हालका लागि आन्दोलन स्थगित भएको बताए ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाल राष्ट्रिय कर्मचारी संगठनका महासचिव महेशप्रसाद भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराँतीसँगको भेटमा मन्त्री किराँतीले ग्राउण्ड ह्याडलिङको विषयमा मन्त्रीपरिषद्बाटै निर्णय हुने भएको प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित गरेका बताए ।

उनले मन्त्री किराँतीले नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याडलिङलाई सुरक्षित गर्ने र निर्णय गर्दा मन्त्रीपरिषद्ले गर्ने नजिर स्थापित गरेपछि स्थगन गर्ने निर्णय भएको बताए । मन्त्रालयले ग्राउण्ड ह्याडलिङको बारेमा नेपाल वायुसेवा निगमलाई पत्राचार गरेको र ग्राउण्ड ह्याडलिङको विषय सरकारले स्वामित्व लिने प्रतिबद्धता जनाएको पनि बताएका छन् ।

‘१२ औँ दिनमा सबैले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसँग छलफल गरेका थियौँ । यो विषयलाई स्वामित्व लिने गरी कुरा गरिसकेपछि नेपाल वायुसेवा निगमले गर्दै आएको ग्राउण्ड ह्याडलिङको विषयलाई निर्णय गर्दा नेपाल सरकार मन्त्रीपरिषद्ले स्वामित्व लिनेछ, यो विषयमा कुरा गरेपछि हामीले केही लिखित कुरा दिनुस् भन्यौँ’, उनले भने ‘त्यसपछि हामी यो कार्यक्रममा मोडालिटी चेन्ज गर्छौँ भन्यौँ र उहाँले चिठी पठाउनु भयो र यो आन्दोलनलाई रोक्ने र नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याडलिङलाई सुरक्षित गर्ने र भोलि निर्णय गर्दा मन्त्रीपरिषद्ले गर्ने नजिर स्थापित गरेपछि स्थगन भनेका छौँ ।’

नेपाल वायुसेवा निगम माथि पटक पटक गरिने आक्रमण बन्द गर्न पनि उनले आग्रह गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved