सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ आज सकिने

नेपालभ्युज

सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ आज सकिने

काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ आज सकिदैछ । प्रस्तावित न्यायाधीश सुनिल कुमार पोखरेल र बालकृष्ण ढकालको आज सुनुवाइ हुदै छ ।

यसकालागि संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ बजे बोलाइएको छ । आज दुई जनाको सुनुवाइ सकिएसँगै प्रस्तावित ६ जनाकै सुनुवाइ सकिने भएको हो । सुनुवाई सकेपछि आजै नाम अनुमोदन गर्ने समितिको तयारी छ ।

यसअघि हिजोको समिति बैठकमा महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानाको सुनुवाइ भएको थियो । उनीहरुले समिति समक्ष आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए ।

पहिलो चरणमा प्रस्तावित न्यायाधीशद्वय सारङ्गा सुवेदी र अब्दुल अजिज मुसलमानको संसदीय सुनुवाइ भएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved