आर्थिक मन्दीले गाँजेको बजार उक्सिने कहिले ? 

नेपालभ्युज

आर्थिक मन्दीले गाँजेको बजार उक्सिने कहिले ? 

सुर्खेत । देशको अर्थतन्त्रका सूचकहरूमा सुधार देखाए पनि नेपाली बजार चरम आर्थिक अभावबाट गुज्रिरहेको छ ।  जसकारण व्यवसायीहरू निराश छन् ।

भर्खरै मात्र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्यो । जसमा रियल स्टेट कर्जा र शेयर कर्जाको जोखिम भार घटाएर लचिलो नीति लिएको छ । साथै, बैंकका पोलिसी रेट पनि घटाएको छ ।

जसकारण घरजग्गा व्यवसायीहरूले केही राहतका श्वास लिएका छन् भने व्यापारी तथा व्यवसायीहरू पनि केही हदसम्म खुसी देखिएका छन् । यद्यपि, हाललाई भने व्यापार, व्यवसायको हालत नाजुक नै छ ।

अहिले बजार क्षेत्रका कयौँ सटर खाली हुन थालेको वीरेन्द्रनगर–४ सुर्खेतका जयवीर शाहीले बताए । ‘मेरो घर बजारको मुख्य चोक यरीचोकमा रहेको छ । सटर खाली भएको एक वर्ष भयौँ ’ उनले भने, ‘अहिलेसम्म कुनै व्यापारी व्यापार व्यवसाय गर्नका लागि आएका छैनन् ।’

पछिल्ला वर्षको तुलनामा यस वर्ष व्यापार सुस्ताएको खाँडाचक्र नगरपालिका–१ मान्म बजारमा छापाखाना तथा अन्य काममा व्यापार गर्दै आएका हिरामणि चौलागाई बताउँछन् । ‘दैनिक सुको व्यापार छैन । व्यवसायीहरू मर्कामा परेका छन्’ उनले भने, ‘आर्थिक अवस्था कमजोर हुँदै गएका कारणले युवाहरू विदेश पलायन हुन लागेका छन् ।’

बैंकको चर्को ब्याज, देशमा आएको आर्थिक मन्दी र न्यून घरजग्गाको कारोबारले विगतकोभन्दा अहिले व्यापार व्यवसायमा कमी आएको उद्योग वाणिज्य संघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले बताए । ‘पहिला जस्तो अहिले बजारमा क्षेत्रमा चहलपहल छैन’ उनले भने, ‘व्यापार र व्यवसायमा कमी आएको छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved