जिफन्टको आरोप : ३८ खर्ब रेमिट्यान्स बाटोबाटै हरायो, खोजी हुन जरुरी छ

नेपालभ्युज

जिफन्टको आरोप : ३८ खर्ब रेमिट्यान्स बाटोबाटै हरायो, खोजी हुन जरुरी छ

काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले वैदेशिक रोजागारीमा गएकाहरुबाट आउनुपर्ने ३८ खर्ब रेमिट्यान्स हराइरहेको बताएको छ ।

आइतबार अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवस, २०८० को अवसरमा काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जिफन्टले आर्थिक वर्ष २०७७–०७८ को तुलनामा २०७८–०७९ मा २७७ प्रतिशत र २०७९–०८० मा ३ सय प्रतिशतभन्दा बढी श्रमिक वैदेशिक रोजगारीमा गएको बताएको छ ।

आर्थिक वर्ष २०७७–०७८ मा ४२.२४ प्रतिशत र २०७८–०७९ मा ४६.३२ प्रतिशत दक्ष श्रमिक विदेश गएकोमा २०७९–०८० मा ६६ प्रतिशत दक्ष श्रमिक विदेश गएको जनाएको छ ।

२०७७–०७८ को तुलनामा (१ लाख ६६ हजार ६९८ जना विदेशिँदा ल्याएको ९ खर्ब ६१ अर्ब ५ करोड रेमिट्यान्स) को अनुपातमा २०७९–०८० मा वृद्धि भएको विदेशिनेको संख्या (अहिले ७ लाख ७१ हजार ३२७) जनाको अनुपातको आम्दानीको आधारमा नेपालमा रेमिट्यान्स ४४ खर्ब ४८ अर्ब वार्षिक रुपमा भित्रिनुपर्ने दाबी जिफन्टको छ ।

अदक्ष श्रमिकको तुलनामा दक्ष श्रमिक विदेशिनेको संख्या १५ प्रतिशतले बढी हुन्छ भन्ने मान्दा पनि कम्तीमा ७ खर्ब रेमिट्यान्स थप भइ कुल ५० खर्बभन्दा बढी रेमिट्यान्स भित्रिनुपर्ने जिफन्टका महासचिव लक्ष्मण शर्माले बताए । उनले अहिले केवल १२ खर्ब मात्र रेमिट्यान्स नेपालमा आएको देखिएकाले वार्षिक ३८ खर्ब रेमिट्यान्स हराइरहेको दाबी गर्दै यसबारेमा अध्ययन गर्न आवश्यक रहेको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved