एनएसएल : धनगढीले चितवनलाई हरायो

नेपालभ्युज

एनएसएल : धनगढीले चितवनलाई हरायो

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फुटबलमा धनगढी एफसीले एफसी चितवनलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा धनगढीले चितवनलाई १–० गोलअन्तरले पराजित गरेको हो।

यससँगै धनगढी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। ५ खेलबाट ११ अंक जोड्दै धनगढी शीर्ष स्थानमा उक्लियो। ६ खेलबाट ५ अंक जोडेको चितवन भने सातौं स्थानमा छ।

धनगढीको लागि ओलावाले अफिजले गोल गरे। उनले खेलको दोस्रो मिनेटमा गोल गर्दै धनगढीलाई अग्रता दिलाए। ओलावालेको गोल नै निर्णायक बन्न पुग्यो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved